११. आर्थिक पक्ष
११.१ जलवायु अनुकूलन एवम् समानुकूलन, न्यून कार्वन विकास, जोखिमको पहिचान, अध्ययन अनुसन्धान, प्रविधि विकास तथा उपयोग जस्ता कार्यक्रमहरूको कार्यान्वयनको लागि एक छुट्टै जलवायु परिवर्तन कोषको स्थापना गर्ने ।
११.२ जलवायु परिवर्तन कोषमा नेपाल सरकारबाट प्राप्त रकम, द्विपक्षीय वा वहुपक्षीय सहयोग अन्र्तगत प्राप्त रकम, स्वदेशी वा विदेशी व्यक्तिबाट प्राप्त रकम, स्वदेशी वा विदेशी संघ– संस्थाबाट प्राप्त रकम, जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत स्थापित कोष वा जलवायु परिवर्तनको लागि सहयोग गर्न स्थापित अन्य कुनै पनि कोष वा कार्यक्रमबाट प्राप्त रकम वा प्रदूषण शुल्क वा जरिवानाबाट प्राप्त रकम वा अन्य स्रोतबाट प्राप्त रकम रहने ।
११.३ जलवायु परिवर्तन कोषबाट स्थलगत कार्यक्रमको लागि कूल बजेटको कम्तीमा ८० प्रतिशत रकम सिधै कार्यक्रम कार्यान्वयन क्षेत्रमा पठाउने ।